आज बुधबार ५९.५४ अङ्कले बढेर ३.०९ % वृद्धिको साथ नेप्से परिसूचक १९८६.८२ अंकमा बन्द भएको छ। कारोबार भएका २२५ कम्पनीमध्ये १८२ कम्पनी उकालो लागेको छ भने ५ कम्पनी ओरालो लागेका छन्।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

बजार पुँजीकरण बढेर २८ खर्ब ३३ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: July 13, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर स्थिर रहेको विश्लेषणले देखाउँछ (आजको फरकः २७७) जसले बजारमा भोलाटाइलिटी हिजो जस्तै रहेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा माथि १९८६.८३ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच दिनभर होडबाजी हुँदा खरिदकर्ता हावी भएको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन  भन्दा तल  -२२.१२ मा आएको  देखाउँछ। हिस्टोग्राम बढेर पोजेटिभ ४.८५ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर झुकीरहेको थियो तर अब तल झुक्ने क्रम रोकिएर माथि चढ्न थालेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल  – २६.९७ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम घटेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र  -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर पुन: तलतिर फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

नेप्सेले आज ‘बुलिश क्यान्डल’ बनाएको छ जसले बुलिश यात्राको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: July 13, 2022

क्युमुलेटिभ एडी लाइन –६९०३ देखि बढेर – ६७२६ मा आएको छ। नेप्सेको कुल भोल्युम ५१८७००६ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४४६२०४७)  को ११६ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल  ब्याण्डभन्दा माथि १९८६.८२ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल –२२.१२ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल –२६.९७ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा बढेर ४.८५ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखाउँछ।

+१४ डिएमआई लाइन माथि र  -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर पुन: तलतिर फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढेको देखिन्छ। आज आरएसआइ ४०.२३ बाट ४७.४५ बढेर मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९२८ को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २०९० को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Comments are closed.