हिजोको क्लोजिंङ्गले २५०० को सपोर्ट तोडेर बन्द भएको नेप्सेमा आज फेरी भारी अंकको गिरावट आएको छ।

हिजोको राष्ट्र बैंकको विलासी गाडी आयात रोक्ने निर्देशनले पनि आज नेप्सेमा ठुलो धक्का पुग्न गएको हो। बजार खुलेको समय बाट ओरालिएको नेप्से अहिले करिब ४७ अंकले झरेर २४५० मा आएको देखिन्छ।

कारोबार भने हिजोको तुलनामा आज बढी भएको छ । तर भारी अंकको गिरावट आउँदा कारोबार बढ्नु राम्रो संकेत होइन। अहिले २ घण्टाको अवधिमा करिब १.३ अर्बको कारोबार गर्दा सर्वाधिक कारोबार सुर्य लाइफ इन्स्योरेन्सको भएको देखिन्छ। आज इमर्जिङ्ग नेपालले नेगेटिभ सर्किट मा कारोबार गरेको छ । राष्ट्र उत्थान र नेस्ड़ो समृद्धि लघुवित्तले पोजेटिभ सर्किटमा कारोबार गरेका छन्।

Share.

Comments are closed.