आज सोमबार ७७.०१ अङ्कले घटेर ३.८६% गिरावटको साथ नेप्से परिसूचक १९१५.६१ अंकमा बन्द भएको छ। कारोबार भएका २२७ कम्पनीमध्ये १ कम्पनी उकालो लागेको छ, १८८ कम्पनी ओरालो लागेका छन् र १ कम्पनी स्थिर रहेको छ।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर २७ खर्ब ३२ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: July 11, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर केही बढेको विश्लेषणले देखाउँछ (आजको फरकः २७६) जसले बजारमा भोलाटाइलिटी बढ्न थालेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा मुनि १९१५.६१ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच होडबाजी हुँदा बिक्रीकर्ता ज्यादै हावी भएको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन  भन्दा तल  -२०.०६ मा आएको  देखाउँछ। हिस्टोग्राम घटेर पोजेटिभ ९.१५ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको थियो तर अब तल झुक्न लागेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल  – २९.२२ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम ज्यादै बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल र  -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर पुन: तलतिर फर्किएको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा बिक्री बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिश माराबोजु क्यान्डल बनाएको छ जसले बजारमा बिक्री ज्यादै बढेको सङ्केत गर्छ। भोलिको लागि ‘पर्ख र हेर’ को स्थिति उपयुक्त देखिन्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: July 11, 2022

क्युमुलेटिभ एडी लाइन –६७९७ देखि घटेर – ६९८४ मा आएको छ। नेप्सेको कुल भोल्युम ५४९३१०५ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४२५६७३१)  को १२९ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल  ब्याण्डभन्दा तल १९१५.६१ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल –२०.०६ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल –२९.२२ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा घटेर ९.१५ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम ज्यादै घटेको देखाउँछ।

+१४ डिएमआई लाइन तल र  -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर पुन: तलतिर फर्किएको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा बिक्री बढेको देखिन्छ। आज आरएसआइ ४५.९१ बाट घटेर ३८.७० मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८१० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध १९९३ को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Comments are closed.