आज सोमबार  ४४.६४ अंकले घटेर  १.८१ % गिरावटको साथ नेप्से परिसूचक २४१९.७१ मा बन्द भएको छ। कारोबार भएका २३३ कम्पनीमध्ये  १७ कम्पनी उकालो लागेका छन्, १७६ कम्पनी ओरालो लागेका छन् र २ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये सबै उप-समुहको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर ३४ खर्ब ३२ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: April 11, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको  विश्लेषणले देखाउँछ (आजको फरकः३१८) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड २४०५ भन्दा माथि २४१९ मा बन्द भएको छ। आज बजारमा बिक्री चाप बढेको देखिन्छ ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा तल -५९ मा आएको  देखिन्छ। हिस्टोग्राम  -११ मा आएको छ। एमएसिडी लाइनले  माथि बाट तल तिर सिग्नल लाइनलाइ क्रस गरेर निरन्तर तल गईरहेको छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -४८ आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्री बढी भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले आज +१४ डिएमआई लाइन माथि तिर लागेको र  -१४ डिएमआई तल फर्किएको देखाएको छ। सिग्नल लाइन   +१४डिएमआई लाइनलाई क्रस गरेर माथि तिर निरन्तर गएको थियो तर आज भने स्थिर रहेको देखिन्छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ ।  +१४ डिएमआई लाईन माथि  फर्किएको देखिन्छ  जसले सुरुमा सामान्य खरिद बढेको बढेको बुझ्न सकिन्छ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिस  क्यान्डल  बनाएको छ जसले  बजारमा बिक्री बढी भएको जनाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: April 11, 2022

क्युमुलेटिभ एडी लाइन  -३८८३ देखि घटेर -४०४२ मा आएको छ। नेप्सेको कुल भोल्युम ४२५५२१४ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४३७७८९१)  को ९७ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा माथि २४१९ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -५९ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -४८ मा देखिएको छ  भने हिस्टोग्राम नेगेटिभ -११  मा पुगेको छ जसले बजारमा बिक्री बढेको देखिन्छ।

-१४ डिएमआई लाइन तल फर्किएको छ भने +१४ डिएमआई लाईन माथि तिर लागेको छ  र एडिएक्स लाइन + १४ डीएमआइ लाइनलाइ क्रस गरेर माथितिर  निरन्तर लागिरहेको छ  जसले  ट्रेन्ड निरन्तर  हुनसक्ने जस्तो देखिएको छ। आज पनि बजारमा बिक्रीकर्ताको  मोमेन्टम बढेको सङ्केत गर्छ तर +१४डिएमआइ लाइन माथि फर्किएको देखिएको छ जसले सुरुमा सामान्य खरिद बढि भएको बुझ्न सकिन्छ।  आरएसआइ आज ३५  बाट घटेर ३१  मा पुगेको छ आरएसआइको मोमेन्टम घटेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २३५० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २५००  को एरिया रहेको देखिन्छ।

Share.

Comments are closed.