आज आइतबार ९५.५२ अंकले बढेर ४.११ % वृद्धिको साथ नेप्से परिसूचक २४२०.९६ अंकमा बन्द भएको छ। कारोबार भएका २३८ कम्पनीमध्ये १९३ कम्पनी उकालो लागेका छन्, १ कम्पनी ओरालो लागेको छ र १ कम्पनी स्थिर रहेको छ।

कारोबार भएका तेह्र उप-समुहहरुमध्ये सबै उप-समुहको सेयर मूल्य उकालो लागेका छन्।

बजार पुँजीकरण बढेर ३४ खर्ब ४३ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: April 24, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको  विश्लेषणले देखाउँछ (आजको फरकः३४५) जसले बजारमा भोलाटाइलिटी घटेको  इङ्गित गर्दछ। बजार आज लोवर र अपर ब्याण्डको बीचतिर २४२० मा बन्द भएको छ। आज बजारमा खरिद चाप बढेको देखिन्छ ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा तल -७० मा आएको  देखाउँछ। हिस्टोग्राम बढेर नेगेटिभ  २  मा आएको छ। एमएसिडी लाइनले  माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल तिर निरन्तर गईरहेको थियो तर आज केही माथि चढ्न खोजेको देखिएको छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -६८ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज खरिद बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले आज +१४ डिएमआई लाइन माथितिर फर्किएको छ भने  -१४ डिएमआई तल फर्किएको  देखाउँछ।  सिग्नल लाइन   +१४डिएमआई लाइनलाई क्रस गरेर माथि बाट तल तिर फर्किएको  छ जसले ‘ट्रेन्ड रिभर्स’ हुन थालेको जनाउँछ।  -१४ डिएमआई लाईन तल तिर गइरहेको देखिन्छ जसले बिक्री घटेको  बुझ्न सकिन्छ। 

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिश क्यान्डल  बनाएको छ जसले  बजारमा व्यापक खरिद बढेको देखाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: April 24, 2022


क्युमुलेटिभ एडी लाइन  -४४६७ देखि बढेर -४२७५ मा आएको छ। नेप्सेको कुल भोल्युम ४५३५२६८ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३७८४४७१)  को १२० प्रतिशत देखिएको छ।

नेप्से आज लोवर ब्याण्ड र अपर ब्याण्डको बीच तिर २४२० मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -७० मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -६८ मा देखिएको छ  भने हिस्टोग्राम नेगेटिभ बढेर २ मा पुगेको छ जसले बजारमा बिक्री घटेको देखिन्छ।

-१४ डिएमआई लाइन तल फर्किएको छ भने +१४ डिएमआई लाईन माथि तिर फर्किएको देखिन्छ र एमएसिडी लाइनले  माथिबाट सिग्नल लाइनलाइ क्रस गरेर  निरन्तर तल गईरहेको थियो तर आज केहि माथि जान खोजेको देखिएको छ जसले ट्रेन्ड रिभर्स हुन थालेको जनाउँछ। आज बजारमा खरिदकर्ताको  मोमेन्टम बढेको देखिन्छ। आरएसआइ आज २८.८  बाट बढेर ४३.५ मा आएको छ आरएसआइको मोमेन्टम बढेको जनाउँछ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २३३० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २४६० को एरिया रहेको देखिन्छ।

Share.

Comments are closed.