नेपाल स्टक एक्सचेञ्जमा सिवाईसी नेपाल लघुवित्तको आइपीओ सूचिकृत भएको छ । नेप्से र कम्पनीबीच आज सुचिकरण सम्बन्धी सम्झौता भएसँगै आइपीओ सूचिकृत भएको हो । कम्पनीको आइपीओ ‘सिवाइसिएल’ सिम्बोलबाट कारोबारमा आउनेछ । लघुवित्तको १०० रुपैयाँ अंकित दरको १२ लाख १६ हजार ४१८ कित्ता सेयर सूचिकृत भएको हो ।

लघुवित्तको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसासम्म पाउने देखिएको छ । नेप्सेले पहिलो सेयर कारोबारको लागि कम्पनीको प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

Share.

Comments are closed.