आज शुक्रबार ७.५७ अंकले घटेर ०.३८% गिरावटको साथ नेप्से परिसूचक १९७१.३६ अंकमा बन्द भएको छ। कारोबार भएका २२० कम्पनीमध्ये ६० कम्पनी उकालो लागेका छन्, ११५ कम्पनी ओरालो लागेका छन् भने १७ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएको १ उप-समुहबाहेक बाँकि १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण बढेर २८ खर्ब १० अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: June 17, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः३५८) जसले बजारमा भोलाटाइलिटी केही बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि १९७१.३९ मा बन्द भएको छ। आज बजारमा खरिद घटेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन  भन्दा तल  -८४.६४ मा आएको  देखिन्छ। हिस्टोग्राम बढेर नेगेटिभ ४.८१ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गईरहेको थियो तर हिजो र आज माथि फर्किने सङ्केत देखाएको छ।  सिग्नल लाइन घटेर जिरो लाइन भन्दा तल  – ७९.८३ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्।  सिग्नल लाइन माथितर्फ बढीरहेको छ र -१४ डिएमआई लाइनलाई टच गरेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद-दर केही बढ्न थालेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिश डोजी क्यान्डल बनाएको छ जसले बजारको दिशा निश्चित नभएको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: June 17, 2022

क्युमुलेटिभ एडी लाइन – ६३३८ देखि घटेर – ६३९३ मा आएको छ। नेप्सेको कुल भोल्युम २१०५१२६ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(२७७१००३)  को ७६ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्डभन्दा केही माथि १९७१.३९ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल –८४.६४ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल – ७९.८३ मा देखिएको छ  भने हिस्टोग्राम हिजोभन्दा बढेर – ४.८१ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम बढ्न थालेको देखाउँछ।

+१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्।  सिग्नल लाइन माथितर्फ बढीरहेको छ र -१४ डिएमआई लाइनलाई टच गरेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद-दर केही बढ्न थालेको सङ्केत गर्छ। आज आरएसआइ २६.८४ बाट घटेर २६.२७ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको र बजार ओभर सोल्ड जोनमा फसेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८७० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २११० को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Comments are closed.