आज बिहिबार ४५.२५ अंकले घटेर २.३९% गिरावटको साथ नेप्से परिसूचक १८४८.२८ अंकमा बन्द भएको छ। कारोबार भएका २३७ कम्पनीमध्ये १५ कम्पनी उकालो लागेका छन्, १७८ कम्पनी ओरालो लागेका छन् भने २ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर २६ खर्ब ३५ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: June 23, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः३५५) जसले बजारमा भोलाटाइलिटी केही घटेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा केही माथि १८४८.२८ मा बन्द भएको छ। आज बजारमा बिक्री ज्यादै बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन  भन्दा तल  -९४.८५ मा आएको  देखाउँछ। हिस्टोग्राम घटेर नेगेटिभ ७.०३ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गईरहेको छ।  सिग्नल लाइन घटेर जिरो लाइन भन्दा तल  – ८७.८२ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम धेरै नै बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल र  -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा बिक्री बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिश क्यान्डल बनाएको छ जसले बजारमा बिक्रीकर्ता हावी भएको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: June 23, 2022

क्युमुलेटिभ एडी लाइन – ६७१७ देखि घटेर – ६८८० मा आएको छ। नेप्सेको कुल भोल्युम ४४१३१५१ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३०३३५७९)  को १४५ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्डभन्दा थोरै माथि १८४८.२८ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल –९४.८५ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल – ८७.८२ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा घटेर -७.०३ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम सकिएर बिक्रीकर्ता हावी भएको देखाउँछ।

+१४ डिएमआई लाइन तल र  -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा बिक्री बढेको देखिन्छ। आज आरएसआइ २६.३० बाट घटेर २३.२८ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको र बजार ओभर सोल्ड जोनमा फसेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १७८० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध १९२० को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Leave A Reply