आज सातको तेस्रो दिन मंगलबार बजारमा केही रौनक देखिन थालेको छ।

बजार खुलेको समय बाट ओरालो लागेको नेप्से २३१४ सम्म आउदा ३० अंकले घटेको थियो भने अहिले उक्त बिन्दुबाट बाउन्स भएर आक्रमक रुपमा उकालो लागेको देखिन्छ। अहिले १ बजे सम्ममा हेर्दा नेप्से २८ अंकले बढेर २३७० सम्म पुगेर केही ओरालिएको देखिन्छ र पुनः उकालो लाग्ने जस्तो देखिएको छ। आज कारोबार ७० करोडको देखिन्छ।

आज उच्च कारोबार गर्ने कम्पनी नबिल बैंक रहेको छ। यस्तै, लगातार सर्किट लाग्दै आएको नेस्डो समृद्ध लघुवित्त आज पनि सर्किट लागेर ३०११ मा कारोबार भएको हो भने ग्रिन भेन्चरको आजबाट कारोबार सुरु भएर १०% ले बढेको छ।

Share.

Comments are closed.