आज शुक्रबार ७.९४ अङ्कले बढेर ०.४०% वृद्धिको साथ नेप्से परिसूचक २००९.४७ अंकमा बन्द भएको छ। कारोबार भएका २३१ कम्पनीमध्ये ७२ कम्पनी उकालो लागेको छन्, १०५ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ५ उप-समुहबाहेक बाँकि ८ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार




प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २६६) जसले बजारमा भोलाटाइलिटी केही घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा माथि २००९.४७ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच दिनभर होडबाजी हुँदा अन्त्यमा खरिदकर्ता हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन भन्दा तल – १६.०५ मा आएको देखाउँछ। हिस्टोग्राम बढेर पोजेटिभ ७.४९ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर झुकीरहेको थियो तर अब माथि चढ्न थालेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल – २३.५४ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम घटेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन र -१४ डिएमआई लाइन दुबै तल फर्किएर एक अर्कालाई छोएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर फर्किएको छ। आज – १४ डिएमआई लाइन केही तल फर्किएको छ जसले बजारमा हल्का खरिद बढेको जनाउँछ।
४. क्यान्डलस्टिक
नेप्सेले आज ‘बुलिश ह्याँगिंग म्यान क्यान्डल’ बनाएको छ जसले भोलि लगानीकर्ता सावधान रहेन पर्ने सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन

क्युमुलेटिभ एडी लाइन –६६६५ देखि घटेर –६६९८ मा आएको छ। नेप्सेको कुल भोल्युम ३२०४१७७ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४५२००८०) को ७१ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्डभन्दा माथि २००९.४७ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल –१६.०५ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल –२३.५४ मा देखिएको छ भने हिस्टोग्राम हिजो भन्दा बढेर ७.४९ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम हल्का बढेको देखाउँछ।
+१४ डिएमआई लाइन र -१४ डिएमआई लाइन दुबै तल फर्किएर एक अर्कालाई छोएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर फर्किएको छ। आज – १४ डिएमआई लाइन केही तल फर्किएको छ जसले बजारमा हल्का खरिद बढेको देखिन्छ। आज आरएसआइ ४९.०९ बाट बढेर ४९.९९ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम थोरै बढेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९२८ को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २०९० को एरिया रहेको देखिन्छ।#nepsetech