आज बिहिबार ४.९४ अंकले बढेर ०.२१ % वृद्धिको साथ नेप्से परिसूचक २३२५.४५ अंकमा बन्द भएको छ। कारोबार भएका २३१ कम्पनीमध्ये १०० कम्पनी उकालो लागेका छन्, ८६ कम्पनी ओरालो लागेका छन् र १० कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहहरुमध्ये ८ उप-समुहको सेयर मूल्य उकालो लागेका छन् र बाँकि ५ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण बढेर ३३ खर्ब ०७ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: April 21, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको  विश्लेषणले देखाउँछ (आजको फरकः३७६) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २३२५ मा बन्द भएको छ। आज बजारमा सामान्य बिक्री बढेको र अन्तिम समयमा खरिद चाप भएको देखाउँछ ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -७७ मा आएको  देखिन्छ। हिस्टोग्राम  नेगेटिभ  ९ मा आएको छ जुन हिजोको भन्दा सानो बनेको छ। एमएसिडी लाइनले  माथिबाट तलतिर सिग्नल लाइनलाइ क्रस गरेर तल निरन्तर गएको  देखिएको छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -६७ आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रि को होडबाजी भएको देखिन्छ र अन्तिममा खरिद बढेको देखाउँछ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले आज +१४ डिएमआई लाइन तलतिर लागिरहेको छ भने  -१४ डिएमआई माथि फर्किएको  छ।  सिग्नल लाइन   +१४डिएमआई लाइन लाइ क्रस गरेर माथितिर निरन्तर गएको छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ ।  -१४ डिएमआई लाईन तल बाट माथि फर्किएको देखिन्छ  जसले सामान्य बिक्री बढेको बुझ्न सकिन्छ।  

४. क्यान्डलस्टिक

आज नेप्सेले पिन बार क्यान्डल बनाएको छ जसले  बजारमा खरिदकर्ता बढ्दै गएको जनाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: April 21, 2022

क्युमुलेटिभ एडी लाइन  -४४८१ देखि बढेर -४४६७ मा आएको छ। नेप्सेको कुल भोल्युम ३३२९९९१ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३७६२२११)  को ८९ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा माथि २३२५ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -७७ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -६७ मा देखिएको छ  भने हिस्टोग्राम नेगेटिभ ९ मा पुगेको छ जसले बजारमा बिक्री सामान्य भएको रअन्तिम समयमा खरिद बढेको बुझ्न सकिन्छ।

-१४ डिएमआई लाइन माथि फर्किएको छ भने +१४ डिएमआई लाईन तल तिर लागेको छ  र एडिएक्स लाइन + १४ डीएमआइ लाइनलाइ क्रस गरेर माथितिर  निरन्तर लागिरहेको छ  जसले  ट्रेन्ड निरन्तर  हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा बिक्रीकर्ताको  मोमेन्टम सामान्य रहेको सङ्केत गर्छ। आरएसआइ आज २८  बाट बढेर २८.८ मा पुगेको छ आरएसआइको मोमेन्टम सामान्य बढेको जनाउँछ र  बजार यतिबेला ओभर सोल्ड जोनमा रहेको बुझ्न सकिन्छ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२८७  देखिन्छ भने नेप्सेको नजिकको  अवरोध २३७० को एरिया रहेको देखिन्छ।

Share.

Comments are closed.