आज मंगलबार ११.६८ अङ्कले बढेर ०.६१% वृद्धिको साथ नेप्से परिसूचक १९२७.२८ अंकमा बन्द भएको छ। कारोबार भएका २२६ कम्पनीमध्ये १३० कम्पनी उकालो लागेको छ, ४९ कम्पनी ओरालो लागेका छन् र १० कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

बजार पुँजीकरण घटेर २७ खर्ब ४८ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: July 12, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर केही बढेको विश्लेषणले देखाउँछ (आजको फरकः २७८) जसले बजारमा भोलाटाइलिटी थोरै बढेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा मुनि १९२७.२९ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच दिनभर होडबाजी हुँदा खरिदकर्ता केही हावी भएको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन  भन्दा तल  -२४.०३ मा आएको  देखाउँछ। हिस्टोग्राम घटेर पोजेटिभ ४.१५ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर झुकीरहेको थियो तर आज तल झुक्ने क्रम रोकिएको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल  – २८.१८ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम घटेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर पुन: तलतिर फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढ्न थालेको जनाउँछ।

४. क्यान्डलस्टिक

नेप्सेले आज ‘बुलिश हरामी क्यान्डल’ बनाएको छ जसले भोलि बुलिश रिभर्सल हुने बलियो आधार देखाएको छ ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: July 12, 2022

क्युमुलेटिभ एडी लाइन –६९८४ देखि बढेर – ६९०३ मा आएको छ। नेप्सेको कुल भोल्युम ४२५४१८१ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४३१५२९१)  को ९९ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल  ब्याण्डभन्दा तल १९२७.२८ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल –२४.०३ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल –२८.१८ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा घटेर ४.१५ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम बढ्न थालेको देखाउँछ।

+१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर पुन: तलतिर फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढ्न थालेको देखिन्छ। आज आरएसआइ ३८.७० बाट बढेर ४०.२३ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८१० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध १९९३ को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Comments are closed.