आज सोमबार ४१.७७ अंकले घटेर १.७५ % गिरावटको साथ नेप्से परिसूचक २३४३.८७ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये ११ कम्पनी उकालो लागेका छन्, १८२ कम्पनी ओरालो लागेका छन् र २ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै तेह्र उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर ३३ खर्ब २४ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: April 18, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको  विश्लेषणले देखाउँछ (आजको फरकः३६८) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २३४३ मा बन्द भएको छ। आज पनि बजारमा बिक्री चाप बढेको देखिन्छ ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा तल -७२ मा आएको  देखिन्छ। हिस्टोग्राम  नेगेटिभ  १२ मा आएको छ। एमएसिडी लाइनले  माथिबाट तल तिर सिग्नल लाइनलाइ क्रस गरेर निरन्तर तल गएको  देखिएको छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -६० मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज पनि बिक्री बढी भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटर हेर्दा आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने  -१४ डिएमआई माथि फर्किएको  छ।  सिग्नल लाइन   +१४डिएमआई लाइनलाई क्रस गरेर निरन्तर माथितिर गएको  छ  जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ ।  -१४ डिएमआई लाईन माथि तिर गइरहेको  देखिन्छ जसले बिक्री बढेको बुझ्न सकिन्छ। 

४. क्यान्डलस्टिक

आज नेप्सेले वियरिस क्यान्डल  बनाएको छ जसले  बजारमा बिक्री बढी भएको जनाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: April 18, 2022

क्युमुलेटिभ एडी लाइन -४२१० देखि घटेर -४३८१ मा आएको छ। नेप्सेको कुल भोल्युम ३३०६७२५ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३९३६९१०) को ८४ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर ब्याण्ड भन्दा माथि २३४३ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -७२ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -६० मा देखिएको छ भने हिस्टोग्राम नेगेटिभ १२ मा पुगेको छ जसले बजारमा बिक्री बढेको देखिन्छ।

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटर हेर्दा आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने  -१४ डिएमआई माथि फर्किएको  छ।  सिग्नल लाइन   +१४डिएमआई लाइनलाई क्रस गरेर निरन्तर माथितिर गएको  छ  जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ । आज पनि बजारमा बिक्रीकर्ताको मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ३१ बाट घटेर २८ मा आएको छ आरएसआइको मोमेन्टम घटेको जनाउँछ र बजार ओभर सोल्ड जोनमा पुगेको बुझ्न सकिन्छ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२८० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २४१० को एरिया रहेको देखिन्छ।

Share.

Comments are closed.