आज आइतबार नेप्सेमा बजार खुलेको समय देखि नै भारी अंकको गिरावट देखिएको छ। कारोबार रकम कम हुँदै जाँदा नेप्सेको चहलपहल पनि कम हुँदै गएको पाइन्छ । आज करिब २ घन्टाको समयमा ६० करोड को खरिदबिक्री भएको देखिन्छ जुन अत्यन्त न्यून कारोबार हो।

१ बजे सम्मको अपडेट अनुसार नेप्से परिसूचक २८ ले घटेर २५१५ मा आएको छ। सर्वाधिक कारोबार गर्ने कम्पनि सिद्धार्थ इन्स्योरेन्स १.३% ले घटेर खरिदबिक्री भएको हो । यस्तै राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग पावर नेपाल र नेस्डो समृद्ध लघुवित्तले १०% ले बढेर सर्किट लेभलमा कारोबार गरेका छन्।

Share.

Comments are closed.