आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतार-चढाव भएको नेप्से १ बजेसम्म २१०० को नजिक आएको छ। ३०.३९ अंकले घटेर नेप्से परिसूचक २१०२.५७ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्ब ९४ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा सूर्योदय वोमी लघुवित्त रहेको छ जसको ६.८९ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स रहेको छ जसले ४.५२ % गुमाएको छ । #nepseintraday

Share.

Leave A Reply