आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २२१० को नजिक आएको छ। १६.८२ अंकले बढेर नेप्से परिसूचक २२११.९२ मा आएको हो । आज २ घण्टामा लगभग २ अर्ब ५४ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा बुटवल पावर कम्पनी रहेको छ जसको ७.५२% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सूर्योदय वोमी लघुवित्त रहेको छ जसले ३.९८ % गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.