आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म २०३० को नजिक आएको छ। १२.६० अंकले बढेर नेप्से परिसूचक २०३०.०६ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्ब १८ करोडको कारोबार भएको छ। यो कारोबार रकम गत बिहिबारको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा सेन्ट्रल फाइनान्स कम्पनी रहेको छ जसको ५.०७ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नबिल ब्यालेंस्ड फन्ड-२ रहेको छ जसले ३.८५ % गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.