आज नेप्से बजार केही अङ्कले बढेको छ।
सुरुवातमा केही घटेको नेप्से १ बजेसम्म १९०० को नजिक आएको छ। १४.८३ अंकले बढेर नेप्से परिसूचक १८९९.६४ मा आएको हो । आज २ घण्टामा लगभग ५६ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा आँधीखोला लघुवित्तीय संस्था रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा तेह्रथुम पावर कम्पनी रहेको छ जसले ४.५२% गुमाएको छ । #nepseintraday