आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि हल्का बढेको नेप्से १ बजेसम्म १९९५ को नजिक आएको छ।१०.०५ अंकले बढेर नेप्से परिसूचक १९९६.८६ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्ब ३९ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा गुराँस लघुवित्तीय संस्था रहेको छ जसको ६.५१ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा लक्ष्मी लघुवित्तीय संस्था रहेको छ जसले ४.८१ % गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.