आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातदेखि नै घटेको नेप्से १ बजेसम्म १८९० को नजिक आएको छ। ४४.८२ अंकले घटेर नेप्से परिसूचक १८८९.३० मा आएको हो । आज २ घण्टामा लगभग ९१ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलना बढी हो।

यस्तै, आजको टप गेनरमा आँधीखोला लघुवित्तीय संस्था रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ग्लोबल आईएमई समुन्नत स्किम रहेको छ जसले ९.९७% गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.