आज सोमबार नेप्से बजार भारी अंकले घटेको छ।

१ बजेसम्म नेप्से परिसूचक २१८० को नजिक आएको छ। ४१.३७ अंकले घटेर नेप्से परिसूचक २१८२.४१ मा आएको हो । आज २ घण्टामा ६१ करोडको कारोबार भएको छ। यो कारोबार रकम गत शुक्रबारको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा बलेफी हाइड्रो पावर रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ जसले ९.९९% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.