आज मंगलबार नेप्से परिसूचक प्रिओपनमा ४.९ अंकले बढे पनि उकालो लाग्न भने सकेन।

बजार खुलेको केहि समयेमै निरन्तर ओरालिएर नेप्से २४०० भन्दा तल आएको छ। अहिले १ बजे सम्मको अपडेट अनुसार नेप्से परिसूचक २५ ले घटेर २३९३ मा आएको छ भने कारोबार पनि घट्दै गएको देखिन्छ। करिब ६० करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको सर्वाधिक रकम करिब ३.४ करोडको भएको छ भने सोल्टी होटेल, निफ्रा र नेसनल हाइड्रो पावरको सर्वाधिक कित्ताको खरिद बिक्री भएको हो।

यस्तै, लगातार पोजेटिभ सर्किट लाग्दै आएको नेस्डो समृद्धि लघुवित्तले आज पनि १०% ले बढेर २०५७ मा खरिद बिक्री भएको छ भने आज मिथिला लघुवित्त ५% ले घटेर टप लुजरमा परेको देखिन्छ।

आज पनि इमर्जिङ्ग नेपाल निरन्तर घटेर १००० भन्दा तल कारोबार भएको छ 

Share.

Comments are closed.