आज बुधबार ३६.७३ अंकले घटेर १.५६ % गिरावटको साथ नेप्से परिसूचक २३२०.५१ अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये ९ कम्पनी उकालो लागेका छन्, १८३ कम्पनी ओरालो लागेका छन् र ३ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै तेह्र उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर ३३ खर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: April 20, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको  विश्लेषणले देखाउँछ (आजको फरकः३८६) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २३२० मा बन्द भएको छ। आज बजारमा अत्याधिक बिक्री बढेको देखिन्छ ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा तल -७६  मा आएको  देखिन्छ। हिस्टोग्राम  नेगेटिभ  ११  मा आएको छ। एमएसिडी लाइनले  माथिबाट तलतिर सिग्नल लाइनलाई क्रस गरेर तल गएको  देखिएको छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -६५ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्री बढी भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटर आज +१४ डिएमआई लाइन तलतिर निरन्तर लागेको छ भने  -१४ डिएमआई लाइन आज केही तल फर्किएको  छ।  सिग्नल लाइन   +१४ डिएमआई लाइन लाइ क्रस गरेर निरन्तर माथितिर गएको  छ  जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ ।  -१४ डिएमआई लाईन माथि बाट तल फर्किएको छ तर +१४डिएमआई लाइन निरन्तर तल नै गएको छ जसले खरिद कम भएको बुझाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिस क्यान्डल  बनाएको छ जसले  बजारमा बिक्री बढेको देखाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: April 20, 2022

क्युमुलेटिभ एडी लाइन  -४३०७ देखि घटेर -४४८१ मा आएको छ। नेप्सेको कुल भोल्युम २९७५२०३ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (३८१९१५९)  को ७८ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा माथि २३२० मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -७६ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -६५ मा देखिएको छ  भने हिस्टोग्राम नेगेटिभ -११  मा पुगेको छ जसले बजारमा बिक्री बढेको देखिन्छ।

-१४ डिएमआई लाइन तल  फर्किएको छ भने +१४ डिएमआई लाईन तल तिर फर्किएको देखिन्छ। एडिएक्स लाइन +१४ डीएमआइ लाइनलाइ क्रस गरेर माथितिर  निरन्तर लागिरहेको छ  जसले  ट्रेन्ड निरन्तर  हुनसक्ने जस्तो देखिएको छ। आज पनि बजारमा बिक्रीकर्ताको  मोमेन्टम बढेको देखिन्छ। आरएसआइ आज ३०  बाट घटेर  २८  मा आएको छ आरएसआइको मोमेन्टम घटेको जनाउँछ र  बजार ओभर सोल्ड जोनमा पुगेको बुझ्न सकिन्छ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२६० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २३७२  को एरिया रहेको देखिन्छ।

Share.

Comments are closed.