आज साताको अन्तिम कारोबार दिन प्रिओपन सेसनमा नेप्से ६ अंकले बढेको छ।

हिजो भारी गिरावट भई ३६ अंकले घटेर २३२० मा बन्द भएको नेप्से आज प्रिओपन मा २३२७ मा कारोबार खुलेको हो। करिब ७१६ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ लाख बराबरको कारोबार भएको छ।

यस्तै सर्वाधिक कारोबार गरेको कम्पनी मल्टी प्रपोज फाइनान्सको ३०० कित्ता खरिदबिक्री भएको देखिन्छ। आज प्रिओपन सेसनमा २३ कम्पनिको खरिदबिक्री हुँदा २० कम्पनी बढेर कारोबार भएका छन।

Share.

Comments are closed.