आज मंगलबार प्रिओपन सेसनमा नेप्से मात्र ०.०३ अंकले बढेको छ।

हिजो भारी मात्रामा घटेर २३८६.०१ मा बन्द भएको नेप्से आज प्रिओपनमा २३८६.०४ मा खुलेको हो। करिब २७० कित्ता सेयरको खरिदबिक्री हुँदा लगभग १ लाख ३३ हजार बराबरको मात्र कारोबार भएको छ।

यस्तै, सर्वाधिक कारोबार गरेको जीयुएफएलको १२० कित्ता खरिदबिक्री २ % मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा ६ कम्पनिको खरिदबिक्री हुँदा सबै कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.