आज बुधबार प्रिओपन सेसनमा नेप्से मात्र २.११ अंकले बढेको छ।

हिजो केही घटेर २३७०.९९ मा बन्द भएको नेप्से आज प्रिओपनमा २३७३.१० मा खुलेको हो। करिब ५३० कित्ता सेयरको खरिदबिक्री हुँदा लगभग २ लाख ९५ हजार बराबरको मात्र कारोबार भएको छ।

यस्तै, आजको टप गेनरमा सीएचसीएल रहेको छ जसको खरिदबिक्री २ % मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा ८ कम्पनीको खरिदबिक्री हुँदा ५ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.