आज बिहिबार २३.५१ अंकले घटेर १.०३% गिरावटको साथ नेप्से परिसूचक २२५०.९१ अंकमा बन्द भएको छ। कारोबार भएका २१९ कम्पनीमध्ये १९ कम्पनी उकालो लागेका छन्, १६९ कम्पनी ओरालो लागेका छन् भने २ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समूहमध्ये १ उप-समुहको सेयर मूल्य मात्र उकालो लागेका छ भने बाँकी १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर ३२ खर्ब ०१ अर्ब पुगको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: May 19, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर सामान्य बढेको विश्लेषणले देखाउँछ (आजको फरकः२०५) जसले बजारमा भोलाटाइलिटी बढेको   इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २२५० मा बन्द भएको छ। आज बजारमा सामान्य बिक्री चाप बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा तल  -५२ मा आएको  देखिन्छ। हिस्टोग्राम पोजेटिभ ६ बाट घटेर ४ मा आएको छ  जुन हिजोको भन्दा सानो बनेको छ। एमएसिडी लाइनले  माथि बाट तल तिर सिग्नल लाइन लाइ क्रस गर्न तल तिर फर्किएको छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -५७ आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज खरिदको मोमेन्टम कम भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने  -१४ डिएमआई पनि तल फर्किएको  छ।  सिग्नल लाइन आज स्थिर जस्तो देखिएको छ र +१४डीएमआइ लाइन लाई क्रस गर्न गएको देखिन्छ। आज – १४डिएमआइ लाइन तल फर्किएको छ जसले बिक्री केही कम भएको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिश क्यान्डल बनाएको छ जसले  बजारमा बिक्री बढी भएको जनाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: May 19, 2022

क्युमुलेटिभ एडी लाइन  -४८९५ देखि घटेर -५०४५ मा आएको छ। नेप्सेको कुल भोल्युम २५०३०८९ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३२३३१३९)  को ७७ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा माथि २२५० मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -५२ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -५७ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा घटेको छ र पोजेटिभ ४ मा पुगेको छ जसले बजारमा खरिद कम भएको  बुझ्न सकिन्छ।

-१४ डिएमआई लाइन आज तल फर्किएको छ भने +१४ डिएमआई लाईन निरन्तर तल तिर लागेको छ  र एडिएक्स लाइन – १४ डीएमआइ लाइनलाइ छोएर पुनः तलतिर  निरन्तर लागिरहेको थियो तर आज स्थिर रहेको देखिएको छ। आज बजारमा खरिदकर्ताको  मोमेन्टम कम रहेको सङ्केत गर्छ। आरएसआइ आज ३९ बाट घटेर ३७ मा पुगेको छ आरएसआइको मोमेन्टम घटेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२३८ देखिन्छ भने नेप्सेको नजिकको  अवरोध २२८२ को एरिया रहेको देखिन्छ।

Share.

Comments are closed.