आज २०७८ सालको अन्तिम दिन बुधबार सेयरबजारमा नेप्से परिसूचक सुरुमा १८ अंकले घटेर २३६७ सम्म आएको थियो तर अहिले हाइयर हाइ बनाउदै वृद्धि हुँदै गएको छ।

केहि दिनदेखि बजारमा कारोबार पनि अत्यन्त सुस्ताउँदै गएको र बजारको रौनक हराउदै गएको पाइन्छ। प्राय: बजारले यस्तै घट्दै जाने क्रममा तथा लगानीकर्तामा डरको मनस्थिति हुन थाल्दा बजारले बटम लगाउने गर्दछ। अहिलेको अवस्थालाइ हेर्दा पनि उस्तै देखिन्छ।

आज १ बजे सम्मको डेटा हेर्दा अहिले नेप्से २५ अंकले वृद्धि गरेको छ भने  कारोबार करिब आधा अर्बको भएको देखिन्छ। सर्वाधिक कित्ताको खरिदबिक्री अरुण भ्याली हाइड्रोपावर र अपि पावरको भएको छ । यस्तै, नेस्डो समृद्धि लघुवित्तले आज पनि १०% ले पोजेटिभ सर्किट २२६२ मा कारोबार गरेको छ। 

Share.

Comments are closed.