आज साताको अन्तिम कारोबार दिन बिहिबार  ३५ अंकले बढेर  १.४७ % वृद्धिका साथ नेप्से परिसूचक २४६४ मा बन्द भएको छ। कारोबार भएका २२४ कम्पनीमध्ये  १७४ कम्पनी उकालो लागेका छन्, १७ कम्पनी ओरालो लागेका छन् र ४ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये सबै उप-समुहको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: April 7, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः२९०) जसले बजारमा भोलाटाइलिटी बढेको सङ्केत गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २४६४ मा बन्द भएको छ। आज भने बजारमा खरिद चाप बढेको देखिन्छ ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा तल -५६ मा आएको देखिन्छ। हिस्टोग्राम नेगेटिभ १०.३१ मा आएको छ। एमएसिडी लाइनले माथिबाट तल तिर सिग्नल लाइनलाई क्रस गरेर तल गएको देखिएको छ। सिग्नल लाइन जिरो लाइन भन्दा तल -४५.६९ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज खरिद सामान्य रुपमा बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले आज +१४ डिएमआई लाइन माथि लागिरहेको र -१४ डिएमआई भने तल फर्किएको देखाउँछ। सिग्नल लाइन +१४डिएमआई लाइनलाई क्रस गरेर माथि तिर निरन्तर जाँदै छ जसले ट्रेन्ड रिभर्सल हुन सक्ने जनाउँछ । -१४ डिएमआई लाईन माथिबाट तल फर्किएको देखिन्छ जसले बिक्री कम भएको र खरिद बढेको बुझ्न सकिन्छ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिश क्यान्डल बनाएको छ जसले बजारमा खरिद बढी भएको जनाउँछ ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: April 7, 2022

क्युमुलेटिभ एडी लाइन -४०४० देखि बढेर -३८८३ मा आएको छ। नेप्सेको कुल भोल्युम ४२१०४५८ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४३८५७४२) को ९६ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर ब्याण्ड भन्दा माथि २४६४ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -५६ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -४५.६९ मा आएको छ भने हिस्टोग्राम नेगेटिभ १०.३१ मा पुगेको छ जसले बजारमा खरिद बढ्न लागेको देखिन्छ।

-१४ डिएमआई लाइन तल फर्किएको छ भने +१४ डिएमआई लाईन माथि तिर लागेको छ र एडिएक्स लाइन + १४ डीएमआइ लाइनलाइ क्रस गरेर माथितिर निरन्तर लागिरहेको थियो तर आज केही झुकेको छ जसले ट्रेण्ड रिभर्सल हुनसक्ने जस्तो देखिएको छ। यसले आज बजारमा बिक्रीकर्ताको मोमेन्टम घटेर सामान्य खरिद बढेको सङ्केत गर्छ। आरएसआइ आज २८.५ बाट बढेर ३४.९३ मा पुगेको छ । यसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ र बजारमा सामान्य खरिद बढेको बुझ्न सकिन्छ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २४१७ को एरिया रहेको देखिन्छ भने नजिकको अवरोध २५०० को एरिया रहेको देखिन्छ।

Share.

Comments are closed.