आज सोमबार ३४.२१ अंकले घटेर १.५३% गिरावटको साथ नेप्से परिसूचक २२००.८८अंकमा बन्द भएको छ। कारोबार भएका २२४ कम्पनीमध्ये १३ कम्पनी उकालो लागेका छन्, १७८ कम्पनी ओरालो लागेका छन् भने १ कम्पनी स्थिर रहेको छ।

कारोबार भएका तेह्र उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: May 23, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः२३४) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २२०० मा बन्द भएको छ। आज पनि बजारमा बिक्री चाप बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन  भन्दा तल  -५७.५७ मा आएको  देखिन्छ। हिस्टोग्राम पोजेटिभ २ बाट घटेर नेगेटिभ ०.८३ मा आएको छ। एमएसिडी लाइनले  माथिबाट तल घुमेर सिग्नल लाइनलाई क्रस गरेको छ।  सिग्नल लाइन घटेर जिरो लाइन भन्दा तल  -५६.७४ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रीको मोमेन्टम धेरै बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने  -१४ डिएमआई माथि फर्किएको  छ।  सिग्नल लाइन आज माथितर्फ बढेको छ र +१४डीएमआई लाइनले सिग्नल लाइनलाई क्रस गरेको देखिन्छ। आज – १४ डिएमआई लाइन सिधा माथि फर्किएको छ जसले बजारमा बिक्री बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिश क्यान्डल बनाएको छ जसले  बजारमा बिक्री बढी भएको जनाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: May 23, 2022

क्युमुलेटिभ एडी लाइन  -५१४३ देखि घटेर -५३०८ मा आएको छ। नेप्सेको कुल भोल्युम २८८८३१५ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३१७२८१८)  को ९१ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा माथि २२०० मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -५७.५७ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -५६.७४ मा देखिएको छ  भने हिस्टोग्राम हिजोभन्दा घटेर -०.८३ मा पुगेको छ जसले बजारमा खरिद ज्यादै घटेको  बुझ्न सकिन्छ।

+१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने  -१४ डिएमआई माथि फर्किएको  छ।  सिग्नल लाइन आज माथितर्फ बढेको छ र +१४डीएमआई लाइनले सिग्नल लाइनलाई क्रस गरेको देखिन्छ। यसले आज बजारमा खरिदकर्ताको  मोमेन्टम कम रहेको सङ्केत गर्छ। आज आरएसआइ ३५ बाट घटेर ३२.९१ मा पुगेको छ आरएसआइको मोमेन्टम घटेको जनाउँछ र नेप्से पुन: ‘ओभर सोल्ड’ जोनमा पुगेको देखिन्छ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २१७० को एरिया देखिन्छ भने नेप्सेको नजिकको  अवरोध २२८० को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Comments are closed.