रूसी विदेश मन्त्रालयले शनिबार  ३२ जना न्यूजील्याण्डका अधिकारीहरूलाई कालो सूचीमा राखेको छ।

“न्यूजील्याण्डले रुसी नागरिकहरू माथि प्रतिबन्ध बढाउँदै लगेपछि प्रतिक्रिया स्वरूप ३२ न्यूजील्याण्डका अधिकारीहरूलाई राष्ट्रिय स्टप-लिस्टमा थपेको,” मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ  प्रतिबन्धित अधिकारिहरूमा नगरपालिकाका प्रमुखहरू, कानून प्रवर्तन एजेन्सीका अधिकारीहरू र पत्रकारहरू रहेको मन्त्रालयले जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ, ” ती व्यक्तिहरूलाई रुस प्रवेशमा अनिश्चितकालका लागि निषेध गरिएको छ।”   मन्त्रालयका अनुसार प्रतिबन्धको सूची बढ्दै जान सक्नेछ।

Share.

Comments are closed.