नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जर प्रयोजनका लागि ५ कम्पनीको सेयर कारोबार असार ३० गतेबाट रोक्का गरेको छ। नेप्सेले सिभिल बैंक, जनरल इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको हो। मजर प्रयोजनका लागि यी कम्पनीहरुको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

सिभिल र हिमालयन बैंकबीच बुधबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। यसैगरी जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सबीच पनि बुधबार नै आपसमा गाभिने सम्झौता भएको थियो। उता सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच भने बिहीबार बिहान मर्जर सम्झौता भएको थियो।

Share.

Comments are closed.