साउथका सुपरस्टार प्रभास पछिल्लो समय फिल्म ‘आदिपुरुष’ का कारण चर्चामा छन् । फिल्म ५ सय करोडको बजेटमा निर्माण हुन लागेको हो । भारतीय सबैभन्दा महँगो फिल्ममध्ये एक ‘आदिपुरुष’ हुने बताइएको छ ।

यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हुनेछ । भूषणकुमार फिल्मका निर्माण हुन् । भूषणकुमारले ‘आदिपुरुष’ को बजेट ५०० करोड रहेको बताएका छन् । फिल्मका निर्देशक ओम राउत हुन् । निर्देशक राउतले फिल्मबाट भगवान रामलाई बुझ्ने प्रयास गरेको बताए । फिल्म ‘रामायण’ को रूपान्तरण हो । फिल्ममा प्रभास भगवान श्रीरामको भूमिकामा देखिनेछन् ।

फिल्ममा प्रभासका अलावा सैफ अली खान, कृति सेनन र सन्नी सिंह पनि मुख्य भूमिका छ । फिल्ममा कृति सेनन सीताको भूमिकामा छन् । फिल्म १२ जनवरी २०२३ मा विश्वभर २० हजारभन्दा बढी पर्दामा रिलिज गरिने बताइएको छ । यो भारतीय फिल्ममा अहिलेसम्मको सबैभन्दा ठूलो विश्वव्यापी रिलिज हुनेछ।

Share.

Comments are closed.