पूँजी वृद्धिको निर्णयले पनि जीवन तथा निर्जीवन बीमाको सूचक बढ्न नसकेको देखिएको छ । गत साताको तुलनामा यस साता जीवन तथा निर्जीवन बीमाको सूचक बढ्न नसकेको देखिएको हो । गत साताको तुलनामा जीवन बीमा उपसमुहको सूचक ४.२० प्रतिशत र निर्जीवन बीमा उपसमुहको सूचक ०.३४ प्रतिशतले घटेको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमुहको सूचकसँगै अधिकाँश बीमा कम्पनीहरुको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

हाल नेप्सेमा १४ वटा जीवन बीमा कम्पनी र १८ वटा निर्जीवन बीमा कम्पनी गरी ३२ वटा बीमा कम्पनीहरु सूचीकृत छन् । त्यसमध्ये अधिकाँश बीमा कम्पनीहरुको सेयर मूल्य घटेको देखिन्छ । बीमा समितिले चैत १० गते बिहीबार, बीमा कम्पनीहरुलाई पूँजी बढाउन निर्देशन दिएको थियो । समितिले एक वर्ष भित्र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुलाई दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो ।समितिले पूँजी बढाउन निर्देशन दिएपनि बीमा कम्पनीहरुको सेयरमूल्यमा भने घटेको देखिएको हो । नेपाल लाइफको सेयरमूल्य सबैभन्दा धेरै घट्दा प्रभु लाइफको भने बढ्यो ।

नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरु मध्ये अधिकांश सेयरमूल्य घटेको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ८.११ प्रतिशतले घटेर १०३१ रुपैयाँमा सिमित भएको छ । गत साता नेपाल लाइफको सेयर प्रतिकित्ता ११२२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यस्तै नेशनल लाइफको ७.७९ प्रतिशत, एशियन लाइफको ६.५५ प्रतिशत, गुराँस लाइफको ४.४८ प्रतिशत, सूर्या लाइफको ३.०४ प्रतिशत र ज्योति लाइफको २.८८ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्राइम लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफको पनि १ प्रतिशत भन्दा धेरैले सेयरमूल्य घटेको छ ।
यता प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य भने ४.५४ प्रतिशतले बढेर प्रतिकित्ता ६१८ रुपैयाँ ९० पैसा पुगेको छ । गत साता प्रभु लाइफको सेयर ५९२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यस्तै युनियन लाइफको २.७५ प्रतिशत र सानिमा लाइफको ०.३४ प्रतिशतले सेयरमूल्य घटेको छ । शिखर सहित १२ कम्पनीको सेयरमूल्य घट्दा सानिमा जनरलको भने ६ प्रतिशतले बढ्यो ।

बीमा समितिले पूँजी बृद्धिको निर्णय सार्वजनिक गरेपछि शिखर इन्स्योरेन्स सहित १२ निर्जीवन बीमा कम्पनीको सेयरमूल्य घटेको छ । शिखर इन्स्योरेन्सको सेयरमूल्य सबै भन्दा धेरै ४.९९ प्रतिशतले घटेर प्रतिकित्ता १३१३ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

गत साता शिखरको सेयर प्रतिकित्ता १३८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेपाल इन्स्योरेन्सको सेयरमूल्य पनि ४.९८ प्रतिशतले घटेर ८३८ रुपैयाँमा झरेको छ । गत साता कम्पनीको सेयर प्रतिकित्ता ८८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । शिखर सहित १२ कम्पनीको सेयरमूल्य घट्दा सानिमा जनरलको भने ६ प्रतिशतले बढ्यो ।

बीमा समितिले पूँजी बृद्धिको निर्णय सार्वजनिक गरेपछि शिखर इन्स्योरेन्स सहित १२ निर्जीवन बीमा कम्पनीको सेयरमूल्य घटेको छ । शिखर इन्स्योरेन्सको सेयरमूल्य सबै भन्दा धेरै ४.९९ प्रतिशतले घटेर प्रतिकित्ता १३१३ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

गत साता शिखरको सेयर प्रतिकित्ता १३८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेपाल इन्स्योरेन्सको सेयरमूल्य पनि ४.९८ प्रतिशतले घटेर ८३८ रुपैयाँमा झरेको छ । गत साता कम्पनीको सेयर प्रतिकित्ता ८८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।यस्तै आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र हिमालयन जनरलको सेयरमूल्य घटेको छ ।

सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्य भने सर्वाधिक ६.६७ प्रतिशतले बढेर ६४० रुपैयाँ पुगेको छ । गत साता कम्पनीको सेयर प्रतिकित्ता ६०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यस्तै राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य पनि बढेको छ ।

Share.

Comments are closed.