प्रदीप खड्का र दीया मास्के अभिनित फिल्म ‘प्रकाश’ नेपालसहित अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोप पनि एकसाथ रिलिज हुने भएको छ । निर्देशक दिनेश राउतले फिल्मको यी चार देशको राइट बिक्री भएको जानकारी दिए । फिल्म महँगो मूल्यमा बिदेशमा राइट बिक्री गरेको उनले बताएका छन् । तर, राउतले विक्री मूल्य भने खुलाएका छैनन् ।

निर्देशक राउतले सार्वजनिक गरिएको प्रचारसामग्रीले विदेशबाट फिल्मको माग आएको भन्दै नेपालसहित एकै दिन सबैतिर रिलिज हुन लागेको जानकारी समेत दिए । एक युवकले सरकारी स्कूलमा शिक्षक बन्न गर्ने संघर्षको कथामा फिल्म बनेको छ ।

प्रदीप र दीयाको अलवा रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, देवकुमार श्रेष्ठ, हुम विसी, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखक लगायतको अभिनय देख्न सकिन्छ ।

फिल्म विकास सुवेदीले लेखेका हुन् । फिल्म आगामी भदौ १० देखि प्रदर्शनमा आउनेछ ।

Share.

Comments are closed.