आज प्रिओपन सेसनमा नेप्से ०.७२ अंकले बढेको छ।

मंगलबार भारी अंकले बढेर १९२४.७४ मा बन्द भएको नेप्से आज प्रिओपनमा १९२५.४६ मा खुलेको हो। २२० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ८१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा निकै कम हो।

यस्तै, आजको टप गेनरमा एभरेस्ट बैंक रहेको छ र टप लुजरमा नेस्डो समृद्ध लघुवित्त रहेको छ। आज ९ कम्पनीको कारोबार हुँदा ५ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Share.

Leave A Reply