आज नेप्से प्रिओपन सेसनमा ७ अंकले बढेको छ। हिजो १३ अंक बढेर २३५७ मा डोजी क्यान्डल बनाएर बन्द भएको नेप्से आज २३६४ मा खुलेको हो।

आज यस प्रिबुकिङ्ग सेसनमा १४४२ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ४ लाख बराबरको कारोबार भएको देखिन्छ। नेप्से ओरालो लागेसँगै कारोबार पनि साँघुरिदै गएको पाइन्छ।

आज प्रिओपन सेसनमा सबै भन्दा धेरै कारोबार भएको कम्पनी सेन्चुरी कमर्सियल बैंक हो जसको १००० कित्ता खरिदबिक्री भएको देखिन्छ।

Share.

Comments are closed.