आज सोमबार प्रिओपन सेसनमा नेप्से ७ अंकले बढेको छ।

गत साता बिहिबार २४६४ मा बन्द भएको नेप्से आज ७ अंकले बढेर २४७१ मा खुलेको हो। करिब ८ हजार कित्ता सेयरको खरिदबिक्री हुँदा ३६ लाख बराबरको कारोबार भएको देखिन्छ।

लामो समय पछि प्रिओपनमा यति धेरै कारोबार भएको हो। यस्तै, अपि पावरको सबै भन्दा धेरै १७०० कित्ता १.९८% ले बढेर कारोबार भएको छ भने नेस्डो समृद्धि लघुवित्त २% बढेर कारोबार भएको हो।

Share.

Comments are closed.