आज प्रिओपन सेसनमा नेप्से ०.१४ अंकले बढेको छ।
हिजो भारी अंकले घटेर २१३७.९२ मा बन्द भएको नेप्से आज प्रिओपनमा २१३८.०६ मा खुलेको हो। १२५ कित्ता सेयरको खरिदबिक्री हुँदा मात्र ४१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा निकै कम हो।
यस्तै, आजको टप गेनरमा महालक्ष्मी विकास बैंक रहेको छ। आज प्रिओपन सेसनमा ४ कम्पनीको खरिदबिक्री हुँदा १ कम्पनीको मात्र बढेर कारोबार भएको छ।#premarket