आज प्रिओपन सेसनमा नेप्से १.१४ अंकले बढेको छ।

गत शुक्रबार केही अंकले बढेर २०४८.१६ मा बन्द भएको नेप्से आज प्रिओपनमा २०४९.३१ मा खुलेको हो। ३९० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम गत शुक्रबारको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा उपकार लघुवित्तीय संस्था र टप लुजरमा आँधी खोला लघुवित्तीय संस्था रहेको छ।#premarket

Share.

Comments are closed.