आज प्रिओपन सेसनमा नेप्से २ अंकले बढेको छ।

बुधबार भारी अंकले बढेर २०८०.४४ मा बन्द भएको नेप्से आज प्रिओपनमा २०८२.४४ मा खुलेको हो। ३४६ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ६९ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा आईसीएफसी फाइनान्स रहेको छ। आज प्रिओपन सेसनमा १४ कम्पनीको खरिदबिक्री हुँदा १० कम्पनीको बढेर कारोबार भएको छ।#premarket

Share.

Comments are closed.