आज प्रिओपन सेसनमा नेप्से २.७९ अंकले बढेको छ।

मंगलबार भारी अंकले घटेर १९९६.२५ मा बन्द भएको नेप्से आज प्रिओपनमा १९९९.०५ मा खुलेको हो। ७५९ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ४ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा स्वरोजगार लघुवित्त विकास बैंक र टप लुजरमा ग्रिन भेन्चर्स रहेको छ। आज १५ कम्पनीको कारोबार हुँदा १२ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Share.

Comments are closed.