आज बुधबार प्रिओपन सेसनमा नेप्से ५.२९ अंकले बढेको छ।

हिजो केही अंकले बढेर २२१७.१९ अंकमा बन्द भएको नेप्से आज प्रिओपनमा २२२२.४९ मा खुलेको हो। ९५७ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ लाख ४१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा राम्रो देखिन्छ।

यस्तै, आजको टप गेनरमा सूर्योदय वोमी लघुवित्त रहेको छ जसको खरिदबिक्री २% मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा १९ कम्पनीको खरिदबिक्री हुँदा १६ कम्पनीको बढेर कारोबार भएको छ।#premarket

Share.

Comments are closed.