आज बिहिबार प्रिओपन सेसनमा नेप्से ९.०४ अंकले बढेको छ।

हिजो केही अंकले बढेर २२३१.५७ अंकमा बन्द भएको नेप्से आज प्रिओपनमा २२४०.६० मा खुलेको हो। ३७४ कित्ता सेयरको खरिदबिक्री हुँदा मात्र १ लाख ८१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा एनआइसी एशिया बैंक रहेको छ जसको खरिदबिक्री २% मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा २३ कम्पनीको खरिदबिक्री हुँदा १७ कम्पनीको बढेर कारोबार भएको छ।#premarket

Share.

Comments are closed.