आज प्रिओपन सेसनमा नेप्से २.६४ अंकले बढेको छ।

मंगलबार झिनो अंकले घटेर २१९३.२८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१९६.१३ मा खुलेको हो। ५३६२ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २० लाख ९६ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम यस अघिको कारोबार दिन भन्दा बढी हो।

आज २० कम्पनीको कारोबार हुँदा १६ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Leave A Reply