आज प्रिओपन सेसनमा नेप्से १०.६६ अंकले बढेको छ।

आइतबार भारी अंकले बढेर २१९५.१० मा बन्द भएको नेप्से आज प्रिओपनपछि २२०५.७६ मा खुलेको हो। ३०४७ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १६ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम यस अघिको कारोबार दिन भन्दा बढी हो।

आज ३३ कम्पनीको कारोबार हुँदा २६ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Leave A Reply