आज प्रिओपन सेसनमा नेप्से ३.४७ अंकले बढेको छ।

आइतबार भारी अंकले बढेर २०७८.५१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०८१.९८ मा खुलेको हो। २१९४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ८ लाख ६३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको भन्दा कम हो।

आज २४ कम्पनीको कारोबार हुँदा १९ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.