आज प्रिओपन सेसनमा नेप्से १.९० अंकले बढेको छ।
बिहिबार केही अंकले घटेर २०४४.७३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०४६.६२ मा खुलेको हो। ७१५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ३१ हजार बराबरको कारोबार भएको छ।
आज १६ कम्पनीको कारोबार हुँदा १० कम्पनी बढेर कारोबार भएका छन्।