कोरोना महामारीका कारण पटक-पटक रिलिज डेट सरेको फिल्म ‘प्रेमगीत ३’ अगामी असोज ७ गते प्रदर्शनमा आउने पक्कापक्की भएको हो । निर्माण युनिटले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति सार्वजनिक गरेको हो ।

दर्शक माझ प्रतीक्षित फिल्मको सूचीमा रहेको ‘प्रेमगीत ३’ सन्तोष सेनले निर्माण गरेका हुन् । निर्माता सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशनमा फिल्म तयार भएको हो । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यो फिल्ममा प्राचीन समाजका दुई पात्र बीचको प्रेमकथा हेर्न पाइन्छ ।

Share.

Comments are closed.