आज मंगलबार ४४.८० अङ्कले घटेर २.१० % गिरावटको साथ नेप्से परिसूचक २०८८.१६ अंकमा बन्द भएको छ। कारोबार भएका २२२ कम्पनीमध्ये १५ कम्पनी उकालो लागेको छन्, १६५ कम्पनी ओरालो लागेका छन् भने १ कम्पनी स्थिर रहेको छ।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर २९ खर्ब ८१ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: July 26, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः २०३) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज अपर ब्याण्ड भन्दा मुनि २०८८.१६ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच दिनभर होडबाजी हुँदा बिक्रीकर्ता हावी भएको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा माथि  १६.४१ मा आएको  देखाउँछ। हिस्टोग्राम घटेर पोजेटिभ १४.२६ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा माथि २.१५ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम घटेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा भई माथि फर्किन थालेको छ। आज – १४ डिएमआई लाइन तल फर्किने मोमेन्टम घटेको छ जसले बजारमा खरिद घटेको जनाउँछ।

४. क्यान्डलस्टिक

नेप्सेले आज ‘डार्क क्लाउड कभर क्यान्डल’ बनाएको छ जसले बजारको बुलिश ट्रेण्डमा कमजोरी भएको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: July 26, 2022

क्युमुलेटिभ एडी लाइन –६३४५ देखि घटेर – ६४९५ मा आएको छ। नेप्सेको कुल भोल्युम ८१९५७५९ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४९५२७६८) को १६५ प्रतिशत देखिएको छ।

नेप्से आज अपर  ब्याण्डभन्दा मुनि २०८८.१६ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा माथि १६.४१ मा आएको छ र  सिग्नल लाईन भने जिरो लाइन भन्दा माथि २.१५ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा घटेर १४.२६ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम घटेको देखाउँछ।

+१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा भई माथि फर्किन थालेको छ। आज – १४ डिएमआई लाइन तल फर्किने मोमेन्टम घटेको छ जसले बजारमा खरिद घटेको देखिन्छ। आज आरएसआइ ६३.३५ बाट घटेर ५६.७३ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०२४ को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २१५० को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Leave A Reply